Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान आज पनि

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान आज पनि

images

इच्छाकामना न्युज

१२, पौष २०८१
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान आज पनि
images

काठमाण्डौ । सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा हिजोदेखि बयान शुरू भएको छ ।

लामिछानेसँग हिजो न्यायाधीश नितिज राईले तीन घण्टा बयान लिनुभएको हो । बयानमा लामिछानेले अभियोगपत्रमा भनेजस्तो सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर अभियोगमा हिजो उहाँको बयान नसकिएकाले आज पनि बयान लिइने अदालतले जनाएको छ । यसअघि गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ भने राम बहादुर खनाल, कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।

सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुने अदालतले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०९:२४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology