Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

केपी ओली ढाल्दा एमाले सकिन्छ भन्नेहरू विरोधमा छन्: किरण गुरुङ

केपी ओली ढाल्दा एमाले सकिन्छ भन्नेहरू विरोधमा छन्: किरण गुरुङ

images

इच्छाकामना न्युज

१८, पौष २०८१
केपी ओली ढाल्दा एमाले सकिन्छ भन्नेहरू विरोधमा छन्: किरण गुरुङ
images

नवलपुर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश इञ्चार्ज किरण गुरुङले केपी शर्मा ओलीलाई ढाल्दा एमाले सकिन्छ भन्नेहरू विरोधमा लागेकाे बताउनु भएकाे छ। नेकपा एमाले नवलपुरकाे तेस्रो बैठकमा बाेल्दै नेता गुरुङले उक्त कुरा बताउनु भएकाे हाे।

केपी ओलीको विराेध गरेर के हुन्छ र हामी छाै भनेर एमाले कार्यकर्ता बस्ने हाे भने चाैतर्फी हमलाकाे सामाना गर्न कठिने हुने नेता गुरुङकाे धारणा थियाे। नेतृत्वकाे विराेध किन हुँदैछ भन्ने कुरा बुझ्न आवश्यक छ नेता उ गुरुङले भन्नुभयो, ‘नेतृत्वकाे रक्षा गर्न नसक्दा उपलब्धिहरूकाे रक्षा गर्न सकिँदैन त्यसैले नेतृत्व माथि  हमला हुँदा कार्यकर्ताले रक्षा गर्नुपर्छ।’ नेताकाे रक्षा गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दाेलनमा उपलब्धि मात्र हाेइन नेता पनि हराउने विगत रहेकाले हामी वैचारिक रूपमा अगाडि बढ्नुपर्छ।

भीम रावलकाे पक्षमा समाजिक सञ्जाल रंगाउनेहरू माओवादी, रास्वपा र समाजवादीका कार्यकर्ता रहेका छन्। प्रतिकृयावादीहरूले बचाउ गरेका छन्। त्ससकाे लहै लहैमा कार्यकर्ता लाग्न जरूरी छैन नेता गुरूङले थप्नुभयाे, ‘नेकपाकाे सचिवालय बैठक देखि नै नेतृत्व माथि हमला थियाे त्याे निरन्तर छ, यस्ताे अबस्थामा आज एमाले जाेगाउने श्रेय ओलीलाई जान्छ।’

अराजकताको मुख्य जड ताेड्न एमाले सफल भएकाे छ। विधि र पद्वतिमा तलमाथि हुनेहरूबाट कुनै सफलताको आशा नहुने भएकाले रावलले पार्टी खाेल्न नसक्ने कसैका साहारामा खाेलेपनि टिकाउन नसक्ने नेता गुरूङकाे जिकिर छ।

images
प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - २०:५३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology