अमेरिका । अमेरिकाको लस एन्जलसस्थित जंगलमा भीषण आगलागी भएको छ ।
२० एकड क्षेत्रफलबाट शुरू भएको आगो केही घण्टामै १२ सय एकडमा फैलिएको बीबीसीले जनाएको छ । आगलागीबाट १३ हजार भवन जोखिममा छन् ।
केही भिडियो फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। त्यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको समाचारमा उल्लेख छ ।
क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ ।