Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

images

इच्छाकामना न्युज

२४, पौष २०८१
शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
images

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका–८ मा आयोजित ३४ औँ प्याब्सन दिवस कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए ।

शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरे पनि उपलब्धि राम्रो नभएको र आगामी दिनमा शिक्षा व्यवस्थित गर्दै गुणस्तरीय, सीपमूलक, समयअनुसारको शिक्षा र विदेश पलायन भइरहेका युवालाई स्वदेशमै बस्न सक्नेगरी व्यवस्थित गर्नमा सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो ।

सरकारको प्रवक्तासमेत रहनुभएका गुरुङले सहकारी ऐनलाई व्यवस्थित बनाउन बनेको अध्यादेश जारी गरेर सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताए । उनले भने, “सहकारी कोष खडा गरेर सहकारीमा जम्मा गरेको बचत पाउने व्यवस्था गर्न हामी चाहन्छौँ ।”

सरकारले अझै पुँजीगत खर्च सोचेजति बढाउन नसकेकाले अब पूँजीगत खर्च बढाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्ने उनले बताए । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याललगायतले शिक्षा क्षेत्रलाई सङ्घीय सरकारले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी आजै आयोजित समतामूलक समाज नेपालको स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्तरीय नेतृत्व विकास तथा सशक्तीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सङ्घीयताका कारण जनजाति, दलित समुदायहरुले विभिन्न अधिकार प्राप्त गर्न सफल भएको बताए ।

उनले दलित समुदायको हकहितका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - २२:४९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology