Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रवि लामिछाने मुद्दाकाे बहस जारी : आज सरकारी वकिलले जवाफी बहस गर्ने

रवि लामिछाने मुद्दाकाे बहस जारी : आज सरकारी वकिलले जवाफी बहस गर्ने

इच्छाकामना न्युज

२५, पौष २०८१
रवि लामिछाने मुद्दाकाे बहस जारी : आज सरकारी वकिलले जवाफी बहस गर्ने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै छन् ।

images

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेसहितका प्रतिवादीहरूको बहस बुधबार सकिएपछि आज सरकारी वकिलले प्रतिवादीहरूमाथि जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो, जसमा सात जना प्रतिवादीको पक्षमा कानुनी व्यवसायीले बहस गरिसकेका छन्।

आज सरकारी वकिलले प्रतिवादीहरूमाथि जवाफी बहस गर्ने कार्यक्रम छ। न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो, जसमा सात जना प्रतिवादीको पक्षमा कानुनी व्यवसायीले बहस गरिसकेका छन्।

उक्त मुद्दामा लामिछानेसहित सहकारीका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, र रामबहादुर खनाल लगायतका व्यक्तिहरू प्रतिवादीका रूपमा रहेका छन्। थुनछेक बहसपछि अदालतले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गरेर अनुसन्धान जारी राख्नेबारे निर्णय गर्नेछ।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध सहकारीको रकम अपचलनको आरोपमा मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणजस्ता कसुरहरूमा मुद्दा लागेको छ।

अहिलेसम्म सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा चलाइएको कास्की जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

त्यसमा लामिछानेसहित १९ जनामाथि संगठित अपराधसम्बन्धी मुद्दा र खनाल, जोशी, पछाईँसहित केही अन्यमाथि सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिएको छ।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - ०९:२३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology