Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

संस्कृति र पर्यटन देशको रोजगारीको मुख्य माध्यमः उपप्रधानमन्त्री सिंह

संस्कृति र पर्यटन देशको रोजगारीको मुख्य माध्यमः उपप्रधानमन्त्री सिंह

images

इच्छाकामना न्युज

२५, पौष २०८१
संस्कृति र पर्यटन देशको रोजगारीको मुख्य माध्यमः उपप्रधानमन्त्री सिंह
images

तनहुँ, पुस २५ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।  तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।

नेपाल सुन्दर देश र संस्कृतिको धनी भएकाले पर्यटकलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सकिने हुँदा सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासका लागि वर्तमान सरकार जुटिरहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले नीजि यस्ता स्तरले समेत लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

पर्यटन प्रवर्द्धन र विकासमा सङ्घ सरकारले लिएको नीतिलाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकारको समेत महत्त्वपूर्ण भूमिका रहने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।  देशका धेरै स्थानमा व्यावसायिकको नेतृत्वमा महोत्सव भइरहेको उल्लेख गर्नुहुँदै सिंहले अर्थतन्त्र चलायमान गराउन मद्दत पुगेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘आर्थिक समृद्धिका लागि यस्ता खालका महोत्सवको ठुलो योगदान रहन्छ, समुदाय स्तरको आर्थिक अवस्था समेत सुदृढीकरण बनाउन योगदान दिन्छ ।’’

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, महोत्सवका निर्देशक पविन्त्रकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी लगायतले कृषि उपज र व्यापारिक सामग्री खरिद बिक्री एवम् संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी हुने हुँदा यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

महोत्सवमा उद्घाटनको दिन विभिन्न जातजातिका सांस्कृतिक झाँकी  प्रदर्शन गरिएको छ । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्नका लागि महोत्सव गरिएको आयोजकले जनाएको छ । उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जमिन बाँझो राख्ने क्रम बढेकाले किसान पेसाबाट पलायन हुनु परेकाले उनिहरूको पेसा जोगाउन कृषिलाई पहिलो प्राथमिकतामा राखिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो ।

किसानका लागि निःशुल्क स्टल र निःशुल्क ढुवानीका लागि पालिकासँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई सय वटा स्टलहरू छन् ।  स्थानीय कृषि उपज, हस्तकला, कपडा, भान्सामा प्रयोग गरिने सामग्री, खानाका परिकारसहितका स्टल रहेको स्टलका संयोजक तथा सह आयोजक तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति सुकनारायण मल्लले बताउनुभयो । दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १६:००:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology