Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाली काङ्ग्रेस तनहुँको कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेल : उपचार नपाएर मर्नु पर्ने बाध्यता अन्त्य गर्छौं

नेपाली काङ्ग्रेस तनहुँको कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेल : उपचार नपाएर मर्नु पर्ने बाध्यता अन्त्य गर्छौं

images

इच्छाकामना न्युज

२७, पौष २०८१
नेपाली काङ्ग्रेस तनहुँको कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेल : उपचार नपाएर मर्नु पर्ने बाध्यता अन्त्य गर्छौं
images

दमौली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर  मर्नुपर्ने  अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताएका छन् ।

नेपाली काँग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार नेपाली काङ्ग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै पौडेलले पैसाको अभावमा उपचार नपाएर कोही पनि मर्नु पर्ने छैन भने । उनले त्यस्ताको उपचार गराउने जिम्मा सरकारले लिने गरि काम भैरहेको बताए ।

स्वास्थ्य बिमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्न लागेको पौडेलको भनाई थियो ।  बिरामीको जीवन रक्षाका  मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताए । स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी दिए ।

 मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य बिमालाई पाँच लाख पु¥याउँछौं मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गछौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’ नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बिमा कोषमा ल्याउने तयारी भएको पौडेलले जानकारी दिए ।

जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुर्याउने उनको भनाई थियो । सबै नागरिकको उपचारमा पहुँच पुर्याउन प्रभावकारी निर्णय भएको पौडेलले बताए ।
उनले  १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको नि:शुल्क हुने उपचार कार्यान्वयमा आईसकेको उदाहरण दिँदै सरकार स्वास्थ्य प्रति गंभिर रहेको बताए ।

क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भईसकेको , मतिष्कघात हुनेलाई नि:शुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलले बताए ।
मन्त्री पौडेल तनहुँ महोत्सवस्थल तथा जनजुक्त शाही माविको कार्यक्रममा पनि सहभागी बनेका थिए ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:२६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology