Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखामा एक पसलभित्र आगो लाग्दा  सामान जलेर नष्ट

गोरखामा एक पसलभित्र आगो लाग्दा  सामान जलेर नष्ट

images

इच्छाकामना न्युज

१८, माघ २०८१
गोरखामा एक पसलभित्र आगो लाग्दा  सामान जलेर नष्ट
images

गोरखा, माघ १८ गते  । गोरखामा एक पसलभित्र आगो लाग्दा  सामान जलेर नष्ट भएको छ । गोरखा नगरपालिका – १० छेपेटारको तारामाबिस्थित रामशरण पोखरेलको जस्ताले छाएको पसलभित्र आगो लाग्दा  सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

शुक्रबार बिहान ३ बजेको समयमा होटेल तथा फेन्सी पसलको चाबी फुटाएर भित्रको लत्ताकपडा, भाडाकुडा, फ्रिज टेबुलकुर्चीसहित पूरै पसलमा कसैले आगो लगाइदिएको हुन सक्ने उहाँको भनाइ छ ।

‘‘पसलभित्र रहेका सामन आगोले जलेर नष्ट भएको छ ।,’’ प्रहरी उपरीक्षक सुबेदीले भन्नुभयो, “घरभित्रको होटेलका सामन, लत्ताकपडा, टेबुल दराज, फ्रिज, भाडाकुडाँलगायतका सामन जलेर पूर्णरुपमा क्षति भएको छ ।”

घटनाको जानकारी पाएलगत्तै बाह्रकिलो प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेपछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट मानिवय क्षति नभएको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले घटनास्थलमा वडाका जनप्रतिनिधि र स्थानिको रोहबरमा क्षतिको मुचुल्का तयार पार्नुका साथै घटनबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - १०:३८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology