Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

लमजुङमा हराएको दुई सातापछि गुरूङको शव फेला

लमजुङमा हराएको दुई सातापछि गुरूङको शव फेला

images

इच्छाकामना न्युज

१९, माघ २०८१
लमजुङमा हराएको दुई सातापछि गुरूङको शव फेला
images

लमजुङ, माघ १९ गते । हराएको दुई सातापछि लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारका ६७ वर्षीय रामबहादुर गुरुङ मृत अवस्थामा भेटिनुभएको छ ।

माघ ३ गतेदेखि हराउनुभएका उहाँ सिउँडीबार माथिको फेदीकुना सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार भीरबाट लडेर रुखमा अड्किरहेको अवस्थामा गुरुङको शव भेटिएको हो । स्थानीयले जङ्गलमा एउटा शव रहेको जानकारी प्रहरीलाई गराएका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङको कमान्डमा अनुसन्धान टोली खटिएर मुचुल्का उठाउनुका साथै शव निकालेको थियो ।

दुई सातादेखि प्रहरी, आफन्त र स्थानीयले खोजविन गर्दा गुरुङ भेटिनुभएको थिएन । गुरूङको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल बेसीसहरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - १२:३२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology