Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

‘धार्मिक पर्यटनको प्रचुर सम्भावना’

‘धार्मिक पर्यटनको प्रचुर सम्भावना’

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८१
‘धार्मिक पर्यटनको प्रचुर सम्भावना’
images

 (कास्की), फागुन २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवर्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन सराङकोट धामको बिहीबार अवलोकन गर्नुहुँदै मन्त्री गुरुङले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभयो । उहाँले सराङकोटमा निर्माण गरिएका मन्दिरलगायत अन्य संरचनाको अवलोकन गर्नुभएको हो । धार्मिक र ऐतिहासिक ठाउँको संरक्षणमा सरकारले ध्यान दिने उहाँको भनाइ छ । 

पर्यटकीय क्षेत्र सराङकोटलाई धामको रूपमा विकास गर्ने उद्देश्यले २०६३ सालदेखि धाम निर्माण गर्न थालिएको हो । धाममा निर्माण सम्पन्न भएका नेपालकै ठुलो पञ्चमुखी गणेश मूर्ति, विशाल शिव मन्दिर, १०८ जलधारा, १०८ शिवलिङ्ग, भ्युटावर र बहुउद्देश्यीय भवनको मन्त्री गुरुङले अवलोकन गर्नुभयो । फागुन १४ गतेदेखि सुरु हुने धार्मिक पर्यटन महोत्सवका बारेमा पनि मन्त्री गुरुङलाई त्यस अवसरमा जानकारी गराइएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक  सौन्दर्य र सांस्कृतिक महत्वका बारेमा जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको पहलमा नेपाल सरकार, प्रदेश र स्थानीय तह र स्थानीय दाताको सहयोगमा धाममा ३५ करोड रुपियाँ लगानी गरिएको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो । 

उहाँका अनुसार बाँकी काम सम्पन्न गर्न थप १५ करोड रुपियाँ आवश्यक रहेको छ । एक हजार एक सय ११ सदस्यीय समिति गठन गरी महोत्सवको तयारी गरिएको प्रचारप्रसार समिति संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । धार्मिक पर्यटन महोत्सवमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचक रहनुभएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १०:००:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology