Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँ कारागारमा पानीको अभाव

तनहुँ कारागारमा पानीको अभाव

images

इच्छाकामना न्युज

७, फाल्गुण २०८१
तनहुँ कारागारमा पानीको अभाव
images

तनहुँ, फागुन ७ गते । तनहुँ कारागारमा पानी अभावले बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ ।

कारागारमा दैनिक ४० हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको समस्या भएको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी हुँदा पानीको समस्या सरसफाइ व्यवस्थापन सास्ती भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले भन्नुभयो, “दैनिक आवश्यकताभन्दा २० हजार लिटर कम पानी आपूर्ति हुँदा समस्या झेल्नु परेको छ ।’’ मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी हुँदा समस्या भएको अधिकारीले बताउनुभयो ।

पानीको आपूर्ति बढाउन कारागार विभागले विनियोजन गरेको २० लाख रुपियाँबाट नयाँ इनार खन्नुपर्ने काम भइरहेको र करिब ८० प्रतिशत काम पुरा भएको उहाँले जानकारी दिनुभयो । मादी र सेती नदीको किनारबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ ।

पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चार वटा धारा जडान गरिएको छ । अधिकारीका अनुसार कारागारमा महिला र पुरुष गरी तीन सय २९ कैदी बन्दी छन् । महिला कारागारमा आमासँग दुई बालिका पनि आश्रित छन् ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८१ बुधवार - १५:०७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology