Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न अध्यक्ष प्रचण्डको आग्रह

सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न अध्यक्ष प्रचण्डको आग्रह

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८१
सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न अध्यक्ष प्रचण्डको आग्रह
images

तनहुँ, फागुन ९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न आग्रह गर्नु भएको छ । शुक्लागण्डकी नगरपालिका –४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शुक्रबार आयोजित शिक्षक, अभिभाव र विद्यार्थीसँगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

केही सामुदायिक विद्यालयहरू राम्रो गुणस्तर शिक्षा र भौतिक सुधार हुँदै गएर नीजिभन्दा अब्बल बनेको उदाहरण दिनुहुँदै अध्यक्ष प्रचण्ड सबै सामुदायिक विद्यालयलाई बदल्ने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार साथै शैक्षिक गुणस्तर सुधार गरेर विद्यालयको अवस्थालाई बदल्ने काम गर्दै आएका बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘नीजि विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिक कमजोर हुने सर्वत्र देखिएको प्रकृति भएपनि पछिल्लो समय सुधार हुँदै गएको छ ।’’ 

पञ्चमुनी देव माध्यामिक विद्यालयले राम्रो नतिजा ल्याएर देशैभरका सामुदायिक विद्यालयलाई सकरात्मक सन्देश दिएकोमा खुसी लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो । नमुना विद्यालय बनाउन लागि पर्ने शिक्षक, अभिभाव र विद्यार्थीलाई बधाई उहाँले व्यक्त गर्नुभयो । सबैको मिहिनेतले विद्यालय अग्रस्थानमा रहि चर्चा कमाउँदै आएकोमा उहाँले खुसी प्रकट गर्नुभयो । 

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:०८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology