Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८१
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
images

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’

यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जिवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ । घरघरमा स्वजागरण गराउने लक्ष्य सहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालय मार्फत कार्यक्रम कार्यन्वयनको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।  

IMG-20250222-WA0009.jpg

धार्मिक सम्पदा, ऐतिहासिक स्थलहरु, हिमाल, तालहरु, शाहसीक खेलको ठूलो संभावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा बिकास गर्न स्थानीय, प्रदेश र संघ सरकार बीच सहकार्य आवश्यक पर्ने उनले बताए ।

‘हरेक नागरिकको शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम राख्न सहयोग गर्नु सरकारको पनि दायित्व हो’ उनले भने ‘सबैको सहकार्यले स्वजागरण अभियान हरेक नागरिकलाई उर्जा जगाउने एउटा माध्याम बन्नेछ ।’

हरेक क्षेत्र जस्तै राजनीतिक जीवनमापनि साधना उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘देशको राजनीतिक परिदृष्यलाई हेर्ने हो भने नागरिकहरुको बढ्दो नकरात्मक धारणालाई चिर्न पनि जीवन विज्ञानको मार्गमा हामीले राजनीतिक साधना गर्नु जरुरी र आवश्यक छ’ उनले भने  ।

स्वजागरण भनेको केवल बाहिरी उपलब्धिहरुमा मात्र सिमित नहुने मुख्यमन्त्री पाण्डेले बताए । ‘यो आन्तरिक शुद्धता, सकारात्मक सोच, र दिगो लक्ष्य प्राप्तीको आधार हो’ मुख्यमन्त्री पाण्डेले भने ‘जव ब्यक्ती स्वयम् सचेत हुन्छ, आत्मबोध गर्छ, तब समाज, प्रदेश र राष्ट्र नै समृद्ध बन्न सक्छ ।’
गत वर्ष चैत १६ देखि २३ सम्म भएको लुम्बिनी जागरणका क्रममा मुख्यमन्त्री पाण्डेले यस वर्ष गण्डकी प्रदेशमा गण्डकी स्वजागरण गर्ने घोषणा गरेका थिए । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको गण्डकी स्वजागरण अभियानमा आईतवारदेखि एक साता विराट् चक्र विज्ञान’ को अभ्यास हुनेछ ।   

images
प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - २१:२४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology