Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रास्वपा गैँडाकोट सभापतिमा विमल

रास्वपा गैँडाकोट सभापतिमा विमल

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
रास्वपा गैँडाकोट सभापतिमा विमल
images

गैँडाकोट, चैत ३ गते । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी हुनुभएको छ । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो । घिमिरेले आफ्ना निकटतम प्रतिस्पर्धी ज्ञानहरि कंडेललाई ८ मतले पछिपार्दै पहिलो नगर अधिवेशनमार्फत अध्यक्षमा चयन हुनुभएको छ । 

घिमिरेले १०५ मत ल्याउनुभया भने कंडेलले ९७ मत ल्याउनुभयो । यस्तै, सचिव पदमा अस्मिता घिमिरेले आफ्ना निकटतम प्रतिष्पर्धी ईन्द्रकान्त रेग्मीलाई ४५ मतले पछिपार्दै विजयी हुनुभयो । घिमिरेले १२३ मत ल्याउँदा रेग्मीले ७८ मत ल्याउनुभयो । 

नयाँ नेतृत्व चयनका लागि सभापति र सचिव पदमा २६९ जना सदस्यले मतदान गर्ने व्यवस्था भए पनि २०७ जना प्रतिनिधी मात्र मतदानमा सहभागी भएका थिए । पाँच पदाधिकारीमध्ये उपसभापतिमा नारायण अधिकारी र सहसचिवमा कमल सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । 

त्यसैगरी अन्य १० जना सदस्यहरू समेत निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक मीना शर्मा गौडेलले जानकारी दिनुभयो । पदाधिकारीमध्ये कोषाध्यक्ष पदमा एक जनालाई पछि मनोनित गर्ने रास्वपाले जनाएको छ । रास्वपा गैँडाकोटको प्रथम नगर अधिवेशनको शनिबार पार्टीका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद हरि ढकालले उदघाटन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:५७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology