Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो : सञ्चारमन्त्री गुरुङ

नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो : सञ्चारमन्त्री गुरुङ

images

इच्छाकामना न्युज

२०, चैत्र २०८१
नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो : सञ्चारमन्त्री गुरुङ
images

वालिङ(स्याङ्जा), चैत २१ गते । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । नेपाल पछाडि फर्कने कुनै सम्भावना नभएको उहाँको भनाइ छ ।

स्याङ्जाको वालिङमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले दरबार हत्या काण्डसँगै नेपालमा राजतन्त्रको अन्त्य भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “दरबार हत्या काण्डसँगै राजतन्त्रको अन्त्य भएको हो, दलहरूले सम्मान गरेर मात्रै केही समय थामिएको हो ।”

चैत १५ गते अराजक प्रदर्शन गर्नेहरूलाई कानुन अनुसार कारबाही हुने स्पष्ट पार्नुभयो । पूर्व राजालाई सम्मान पूर्वक राखेको भन्दै मन्त्री गुरुङले यस्तै घटना घटाउँदै हिँडेमा सम्मान खोस्न बाध्य हुने चेतावनी दिनुभयो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका मन्त्री गुरुङले सरकारी विद्यलायमा राज्यको ठुलो लगानी रहेको बताउनुभयो । विद्यालय, शिक्षक र अभिभावकले शिक्षाको गुणस्तर सुधारमा विशेष ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।

सिपमूलक शिक्षा दिनु पर्नेमा उहाँको जोड छ । विद्यालय तहमा नै सिप सिकाउनु अहिलेको आवश्यक्ता भएको मन्त्री गुरुङको भनाइ छ । दक्ष जनशक्ति निर्माणका लागि सरकारले ध्यान दिन थालेको उहाँको भनाइ छ । विज्ञान विषय बहुआयामिक विषय भएको भन्दै मन्त्री गुरुङले प्रविधिसँगै विज्ञान शिक्षाको आवश्यक्ता रहेको स्पष्ट पार्नुभयो । विद्यार्थीहरुलाई पढ्ने वातावरण विद्यालयले दिनु पर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा (एमाले)का सचिव पद्माकुमारी अर्यालले शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुभयो । शिक्षकको पीडा र जायज माग प्रति आफूहरू गम्भीर रहेको बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २०, २०८१ बिहिवार - २२:२६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology