Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको पाँचौ परिषद सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको पाँचौ परिषद सम्पन्न

images

इच्छाकामना न्युज

१०, बैशाख २०८२
सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको पाँचौ परिषद सम्पन्न
images

गोरखा । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ । मंगलवार जिल्ला सदरमुकाममा भएको महासंघको पाँचौ परिषदमा आगामी कार्ययोजना प्रस्तुत गर्दै सचिव पार्वती पाठकले कृषि प्राङ्गारिक मल बनाउन स्थानीय सरकारसँग माग गर्ने कार्ययोजना रहेको बताइन् ।

स्थानीय पालिकामा वन ऐन अनिवार्य रुपमा लागू गर्न पहल गरिने उनले जानकारी दिइन् । गत बर्ष महासंघले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण, क्षमता अभिवृद्धि, वृक्षारोपण लगायतका कार्यक्रम संचालन गरेको उनले बताइन् । कार्यक्रममा कोषाध्यक्ष सुवास घिमिरेले महासंघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महासंघ गोरखाका अध्यक्ष भूमि रेग्मीको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार, महासंघका सचिवालय सदस्य नरबहादुर गुरुङ, केन्द्रीय सदस्य दोवबहादुर कार्की, महासंघ गण्डकी प्रदेश अध्यष कालिदास सुवेदी, महासचिव आसु बिक, महासंघ गोरखाका निवर्तमान अध्यक्ष कमलप्रसाद लामिछाने, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १७:२४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology