Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

YCL तनहुँको अध्यक्षमा हिमाल थापा सर्वसम्मत निर्वाचित

YCL तनहुँको अध्यक्षमा हिमाल थापा सर्वसम्मत निर्वाचित

images
YCL तनहुँको अध्यक्षमा हिमाल थापा सर्वसम्मत निर्वाचित
images

आँबुखैरेनी, १ जेष्ठ – योङ्ग कम्युनिष्ट लिग (YCL) नेपाल तनहुँ जिल्लाको तेस्रो ऐतिहासिक सम्मेलन बुधबार दमौलीमा सम्पन्न भएको छ ।

सम्मेलनले हिमाल थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। समितिको उपाध्यक्षहरुमा बसन्ती सारू मगर, युकेश मगर र ज्योति रोकालाई चयन गरिएको छ।

यसैगरी, सचिवमा रूपमा राजन विसी, सहसचिवमा पुष्पा राना मगर, श्रीकृष्ण बराल र राजकुमार विक तथा कोषाध्यक्षमा साजन थापालाई चयन गरिएको छ। सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्ज आशा कोइरालाले गरेकी थिइन्।

उनले युवा आन्दोलनको महत्व र यसबाट समाजमा ल्याउन सकिने परिवर्तनको बारेमा बोल्दै योङ्ग कम्युनिष्ट लिगका सदस्यहरुलाई थप जिम्मेवारी र समर्पणका साथ काम गर्न आह्वान गरे।

नव नियुक्त अध्यक्ष हिमाल थापाले आफ्नो सम्बोधनमा संगठनको एकता र युवापिढीको आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - ००:१३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology