Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

लाङटाङ राष्ट्रिय निकुञ्जमा पौने ९ लाख राजश्व सङ्कलन 

लाङटाङ राष्ट्रिय निकुञ्जमा पौने ९ लाख राजश्व सङ्कलन 

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
लाङटाङ राष्ट्रिय निकुञ्जमा पौने ९ लाख राजश्व सङ्कलन 
images

नुवाकोट, १५ फागुन । लाङटाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको सात महिनामा पौने ९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । साउनदेखि माघ मसान्तसम्म १ हजार १ सय २१ नेपाली र ७३ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका लागि निकुञ्ज प्रवेश गरेवापत पर्यटक शुल्क ८ लाख ७९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको निकुञ्ज कार्यालय धुन्चेले जनाएको छ । निकुञ्जमा आम्दानी भन्दा खर्च बढि भएको जनाइएको छ । 
नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जमा खर्चतर्फ भने गत साउनदेखि माघ महिनाभर तलब भत्तालगायत विविध शिर्षकमा कुल ४ करोड ४४ लाख ९ सय ६२ रुपैयाँ खर्च भएको छ ।समयसमयमा वर्षा नहुँदा बढ्दै गएको सुक्खाका कारण हालसम्म निकुञ्जका चार स्थानको जङ्गल डढेलोको चपेटामा परेको निकुञ्ज कार्यालयले जनाएको छ । सर्वसाधारणलाई सचेत रहन र निकुञ्जभित्र कोहीले शंकास्पद गतिविधि गरे जानकारी गराउन अनुरोध गरिएको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०९:२९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology