काठमाण्डौ । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्।
एकीकृत समाजवादी र वामदेव गौतमले नेतृत्व गरेको अभियानबीच आज एकता हुन लागेको हो। शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा हुने कार्यक्रम छ।
गएको असार २७ गते एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति भएको थियो।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतको आदेशमा भंग भएपछि गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भाउ’ नदिएपछि फेरि गौतम एकीकृत समाजवादीतिरै फर्किएका हुन्।