Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एकीकृत समाजवादी भित्रको आन्तरिक विवाद बाहिरियोः झलनाथ भर्सेज माधव !

एकीकृत समाजवादी भित्रको आन्तरिक विवाद बाहिरियोः झलनाथ भर्सेज माधव !

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
एकीकृत समाजवादी भित्रको आन्तरिक विवाद बाहिरियोः झलनाथ भर्सेज माधव !
images

काठमाडौं । नेकपा एकीकृत समाजवादी भित्रको आन्तरिक विवाद बाहिर आउन शुरु भएको छ ।

पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इमेज च्यानलमा पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि विवाद शुरु भएको छ । खनालले भनेका थिए, ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म । एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

नेता खनालले एमालेले मार्क्सवाद–लेनिवाद मार्गदर्शक सिद्धान्त, २०६२(०६३ सालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइकाले समाजवादी क्रान्तिमा जानुपर्ने निष्कर्ष, जबज छोडेर समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई लक्ष्य मानेमा एमाले फर्किन समेत सकिने बताए । अध्यक्ष माधव कुमार नेपालको कार्यशैलीको पनि आलोचना गर्दै नेता खनालले नेपालसँग आफ्नो सैद्धान्तिक मतभेद अहिले पनि जारी रहेको अन्तर्वार्तामा बताएका थिए । खनालको सो अभिव्यक्तिपछि अध्यक्ष माधवकुमार नेपालले खनालप्रति कडा टिप्पणी गर्दै उनले पार्टी छोडेर जानसक्ने अभिव्यक्ति दिएका छन् ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिए । खनालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएकाले पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेको नेपालको भनाइ थियो । उनले भने, ‘उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन । नैतिक अधिकारै छैन । अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ ।’

नेपालले खनालले पार्टीको संस्थागत निर्णयको बारम्बार उल्लंघन गरेको समेत आरोप लगाए । उनले भने( ुसंस्थागत निर्णयको उल्लंघन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ । उहाँको कुराको कुनै अर्थ छैन ।’

बामदेव गौतमको प्रवेश पछि दुई शिर्ष नेताहरुबीच भएको यो नयाँ विवादले एकीकृत समाजवादीलाई फेरी चर्चामा ल्याएको छ । बामदेवले एकीकृत समाजवादीमा जिम्मेवारी खोजिरहेको, नेपालविरुद्ध लागेको भ्रष्टाचारको मुद्धा र झलनाथले खोलेको फायरले पार्टीलाई नयाँ विवादतर्फ धकेलेको विश्लेषण गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - ०९:०४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology