Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडः रामकुमारी झाँक्री

आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडः रामकुमारी झाँक्री

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८२
आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडः रामकुमारी झाँक्री
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति नेत्री रामकुमारी झाँक्रीले तिखो कटाक्ष गरेकी छन् । आफूहरूमाथि गरिएको भनिएको कारबाहीप्रति उनले व्यंग्य गरेकी हुन् ।

नेकपा (माओवादी केन्द्र)लगायत दलरसमूहसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाउनुअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले झाँक्रीसहित पार्टीका केही नेतालाई कारबाही गरेका थिए । पार्टी सदस्य नरहने गरी उनीहरूलाई कारबाही गरिएको थियो ।

पार्टी निर्णय नमानेको भन्दै गरिएको कारबाहीप्रति आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले कटाक्ष गरेकी हुन् । उनले लेखेकी छन्, “प्रिय कमरेड माधव, अभिवादन ! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र  ?”

झाँक्रीको स्टाटस जस्ताको त्यस्तैः

प्रिय कमरेड माधव नेपाल
अभिवादन!
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।

images
प्रकाशित मिति :कार्तिक २१, २०८२ शुक्रवार - १०:००:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology