Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै बढ्यो

इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै बढ्यो

इच्छाकामना न्युज

१, मंसिर २०८२
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै बढ्यो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य बढोत्तरी भएको छ। यो प्रवृत्ति साउनबाट भदौामा जाँदा ठिक उल्टो थियो।

images

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ असोज समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो।

भदौमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ५ लाख २७ हजार १५६ रहेको थियो। भदौ मसान्तबाट असोज मसान्तसम्को एक महिनाको अवधिमा १ लाख २९ हजार ४२२ बढेर समग्रमा ६ लाख ५६ हजार ५७८ पुगेको छ।

कारोबार रकम गत भदौमा १९ अर्ब ८१ करोड ७० लाख रहेको थियो। भदौ मसान्तबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा २ अर्ब ८ करोड ४० लाख रुपैयाँले बढेर समग्रमा २१ अर्ब ९० करोड १० लाख पुगेको प्रतिवेदनले देखाएको छ।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - ०८:५७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology