Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ भन्छन्– ‘हरेक पीडालाई ‘स्वीट पेन’ को रूपमा लिएर अघि बढ्छु’

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ भन्छन्– ‘हरेक पीडालाई ‘स्वीट पेन’ को रूपमा लिएर अघि बढ्छु’

इच्छाकामना न्युज

१, मंसिर २०८२
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ भन्छन्–  ‘हरेक पीडालाई ‘स्वीट पेन’ को रूपमा लिएर अघि बढ्छु’

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले हरेक पीडालाई ‘स्वीट पेन’ (मीठो दुखाइ) को रूपमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।  सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

images

उनले जेनजी आन्दोलनमा भएको आगलागीको घटनासम्मको तितो अनुभव सुनाउँदै सो कुरा बताएका हुन् ।  गुरुङले आफूलाई राज्यले लगाएको कर छलीको आरोपदेखि हालैको आन्दोलनमा ठुलो क्षति पुगेको बताए। 

‘जब २०५४ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भयो, देश धनी हुन्छ र म धनी देशको नागरिक हुन्छु भनेर म धेरै खुसी थिएँ,’ उनले भने, ‘तर पछि मलाई नै नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोप लाग्यो।’

गुरुङले आफूले सामान आपूर्ति गर्ने कम्पनीबाट बिल लिएर खरिद गरेको र त्यसको भ्याट तथा कर राज्यलाई बुझाएको तर आपूर्तिकर्ताले कर नतिर्दा त्यसको दोष आफूले बोक्नुपरेको बताए । उनले यसलाई नेपाली उखानसँग जोड्दै भने, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भयो । गल्ती अरूले गर्‍यो तर सजाय हामीले भोग्यौँ।’ 

त्यही घटनापछि आफू विचलित नभई झन् बढी मिहिनेतका साथ काम गरेको बताउँदै गुरुङले त्यसबेला आफ्नो वार्षिक कारोबार २ अर्ब ७४ करोड रहेकोमा आज ३३ अर्ब नाघेको तथ्याङ्क प्रस्तुत गरे ।

हालै ‘जेनजी’ आन्दोलनको क्रममा भाटभटेनीमा भएको आगलागीको घटनाले आफूलाई अर्को ठुलो चोट दिएको उनले बताए । दसैँ –तिहारका लागि ठुलो परिमाणमा सामान भण्डारण गरिए पनि नियमित अवधिको मात्रै बीमा भएकाले ठुलो क्षति व्यहोर्नुपरेको उनले स्वीकारे । यद्यपि, यो घटनाबाट पनि आफू पछि नहट्ने उनले दृढता व्यक्त गरे ।  ‘मसँग हजारौँ कर्मचारी, बैंक, सप्लायर र यो देशप्रतिको जिम्मेवारी छ, म अगाडि बढ्छु’ उनले भने । 

गुरुङले आफूले कर तिरे पछिको नाफाबाट डा.भगवान कोइरालाको बाल अस्पताल, शिक्षण अस्पताल र दुर्गमका बालबालिकालाई डाक्टर पढाउने जस्ता सामाजिक काममा सहयोग गरेको तर केहीले आफूलाई राजनीतिक पार्टीलाई भवन बनाइदिएको भनेर गलत प्रचार गरेकोमा दुःख व्यक्त गरे ।

उनले देशमा ठुलो सम्भावना रहेको भन्दै युवा र सबै व्यवसायीलाई सानो मन नगरी जिम्मेवार भएर देश विकासमा लाग्न आग्रह गरे । उनको यो भावनात्मक र प्रेरणादायी मन्तव्यले कार्यक्रममा उपस्थित सबैलाई स्तब्ध बनाएको थियो । गुरुङ सरकारलाई सबैभन्दा बढी कर तिर्ने उद्योगपतिमा पर्छन् । 

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - १२:२५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology