Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव हुँदैन : नेतृ झाँक्री

हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव हुँदैन : नेतृ झाँक्री

इच्छाकामना न्युज

३, मंसिर २०८२
हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव हुँदैन : नेतृ झाँक्री
images

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव नहुने बताएकी छन् । प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै झाँक्रीले यो स्थितिमा चुनाव हुन नसक्ने बताएकी हुन् । उनले भनिन्, ‘खोसिएका बन्दुक, भागेका कैदी, तिनको जिम्मा कसले लिन्छ रु ती सबैलाई थाती राखेर चुनाव गर्ने भन्ने हो भने हामीले के स्टेटमेन्ट दिने हो हामी गरौँला ।’

images
images

यस्तै झाँक्रिले नयाँ पुस्तालाई पार्टीमा कसरी जोड्ने र टिकाउने भन्ने कुरा सोच्नु पर्ने बेला आएका भन्दै अहिलेको प्रविधी र सिप सिकेको युवालाई पार्टीमा उचित स्थान दिएर परिचालन गर्नुपनमा जोड दिइन्।

नेकपा एमाले हिजो पनि युवाकै जगमा उभिएको पार्टी भएको र भोली पनि युवाकै जगमा उभिएर अगाडी बढ्ने प्रष्ट पारिन् । ‘हिजो हाइस्कुलको ड्रेसमा गएर पार्टी बनाएको हो नि त, जब ती हुटहुटी भएका मानिसलाई पार्टीमा भर्ती गरिँदैन यो स्थिति त अनिवार्य छ नि, अब तिनीहरूलाई ल्याउने हो, त्यो एमालेले नै ल्याउने हो’, उनले भनिन् ।

कात्तिक २९ गतेको प्रदर्शन मार्फत एमालेले देशैभर आफ्नो शक्ति देखाएको उनले बताइन् । ‘२९ गते सामान्य हिसाबले भन्दा पनि ७७ जिल्लाबाट ५ लाख मानिस निस्किए, त्यो परिवारमा ४ जना छन् भने त्यो २० लाख मान्छेको शक्ति हो’, उनले भनिन् ।

आफू विगतको संसद् पुनस्र्थापनाको रिट निवेदक भएको स्मरण गराउँदै उनले स्थायित्वको लागि प्रतिनिधि सभा पुनस्र्थापना हुनु पर्ने बताइन् । उनले आफू यही एजेण्डा बोकेको कारण हिजो एमाले छाड्नु पर्ने स्थितिमा सम्म पुगेको बताएकी छन् ।

अहिले भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगले प्रतिशोधपूर्ण व्यवहार सुरु गरेको जानकारी दिइन् । राजनीतिक दलका नेताहरूलाई निर्वाचनमा भाग लिनै नदिने गरी आयोग र सरकार लागेको उनले आरोप लगाइन् ।

नेपालको संविधान ध्वस्त गर्ने, अखण्ड र अक्ष्युण नेपालको इतिहास ध्वस्त गर्ने मानिसहरूको डिजाइन अनुसार भदौ २३ र २४ को घटना भएको उनले बताइन् । उनले प्रतिनिधि सभा पुनस्र्थापना हुनु पर्ने र त्यो अदालतले गर्ने पनि दाबी गरिन् ।

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १०:३७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology