Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रेम र यौन परिपूरक हुन् ?

प्रेम र यौन परिपूरक हुन् ?

इच्छाकामना न्युज

१५, आश्विन २०७७
प्रेम र यौन परिपूरक हुन् ?

प्रेम र यौन सम्पर्क हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । दुबै जीवनका लागि महत्वपूर्ण कुरा हो । तर कतिपयमा एउटा आशंका आउने गरेको छ कि के प्रेम र यौन सम्पर्क एउटै हो ? वा प्रेम गर्नु र यौन सम्पर्क गर्नु भने को एउटै कुरा हो ?

images

प्रेम हाम्रो भावनासँग जोडिएको कुरा हो भने यौन सम्पर्क शारीरिक सुखसँग जोडिएको कुरा । यद्यपि यो दुवैले हाम्रो मानसिक शान्ति र पूर्णताको तर्फ डोहो¥याउने गर्छ । प्रेम र यौन सम्पर्कविना हरेक मान्छे अपूर्ण हुने गर्छ । तर पनि मान्छेको मनमा प्रेम र यौन सम्पर्कको विषयलाई लिएर कैयौ सवालहरू उब्जिने गरेको पाइन्छ ।

कसरी पत्ता लगाउने यौन आकर्षणलाई ?

प्रेम सम्बन्धमा धेरै मान्छेहरूले यौन सम्पर्कलाई मुख्य आकर्षणको रुपमा मान्ने गर्छन् । प्रेम सम्बन्धमा धेरैले त व्यक्तिलाई भावनात्मक एकता भन्दा पनि यौन सम्पर्कलाई नै धेरै महत्व दिने गरेको पनि पाइन्छ । यही कारणले केही समयमा नै विभिन्न किसिमका समस्याहरू निम्तिने गर्छ ।

यौन आकर्षणले प्रेम सम्बन्धमा जोडिएको मान्छे हरेक समय यौन सम्बन्धी कल्पनामा नै हराउने गर्छ ।

स्वयंसँग प्रश्न गरौं कि के तपाईंमा प्रेमको महसुस छ ?

यौन आकर्षण केवल केही समयको लागि मात्रै टिक्ने स्वभावको हुन्छ । जबकि प्रेम लामो समयसम्म टिक्ने गर्छ । दुबै सँगै बसेर सम्बन्धको कुरा गरौं, दुवै मिलेर यस विषयमा चर्चा गरौं वा विभिन्न किसिमका रोमाञ्चक कुराकानी गर्नुहोस्, यो नै प्रेमको संकेत हो ।

एउटा राम्रोसाथीमा निम्न गुण हुनु जरुरी छ ।

–आफ्नो उन्नतीको लागि सजग हुनु र एक असल मान्छे हुनु ।

–आफ्नो कमजोरीलाई चिन्ने र त्यसलाई हटाउने,

–भावनात्मक सम्बन्ध गाँस्न सक्ने

–जिम्मेवारीलाई सम्झने र सम्मान पाउनको लागि हकदार

–तपाईंको साथमा विश्वास कायम राख्न सक्ने वा भावनाको कदर गर्न सक्नेवाला

आफ्नो जरुरतलाई महसुस गर्नुहोस्

प्रेम र यौन सम्पर्क दुवै नै विचार व्यक्तिको दिमागमा रहन्छ र यो नै समाजलाई अघि बढाउन जिम्मेवार विषय पनि हो । यौन आकर्षण, मनोरञ्जन र प्रेमको भावनाको तालमेलले नै हाम्रो सम्बन्धमा प्रेम कायम गरिराख्छ ।

साथीको साथ मिलेर गरौं कुराकानी

यदि आफ्नो साथीसँग नियमितसँगै बसेर काम गर्दा पनि त्यो साथीसँग भावनात्मक रूपमा जोडिन सकिएन भने त्यस्तो बेलामा सोचौं कि त्यो सम्बन्ध केवल यौन आकर्षणको कारणमात्रै बसेको सम्बन्ध हो ।

एक अर्काको विचारलाई चिन्नुहोस्

यदि तपाई आफ्नो सम्बन्ध लामो समयसम्म चलाउन चाहनुहुन्छ भने एक अर्काको विचारलाई चिन्ने कोसिस गर्नुहोस् । यही बारेमा एक अर्कासँग लामो समय कुराकानी गर्ने जस्ता कामबाट नै आफ्नो साथी आफूसँग के चाहन्छ भन्ने थाहा हुन्छ । त्यसैले अरुसँग कुराकानी गर्दा केवल यौन आकर्षणको हिसाबले मात्र नभएर भावनात्मक रूपमा जोडिन चाहन्छ ।

प्रेम र यौनलाई जान्नको लागि यी कुरा जान्नु आवश्यक हुनसक्छ ।

–यौन एउटा यस्तो विषय हो, जसको विषयमा विचार विमर्श गर्नुलाई कसैले पनि उचित मान्दैनन् ।

–धेरै मान्छे भन्छन् कि यौन सम्बन्ध राख्नको लागि प्रेम आवश्यक नै छैन ।

–जबकि केही मान्छे यस्ता पनि हुन्छन्, जबसम्म आफूले माया गर्ने कोही मान्छे भेटिँदैन, त्यतिबेलासम्म कसैसँग पनि यौन सम्पर्क राख्दिन भन्ने मान्छेहरू पनि प्रशस्तै पाइन्छ ।

–कोही मान्छे केवल आफ्नो शरीरको आवश्यकता पूरा गर्नको लागि मात्रै यौन सम्पर्क गर्ने गर्छन्, उनीहरूलाई प्रेमको कुनै सम्बन्ध नै हुँदैन ।

–कोही भावनात्मक वा संवेदनशील व्यक्ति पनि हुने गर्छन्, उनीहरू भन्छन् कि प्रेमको अभावमा यौन सम्पर्क सम्भव नै हुँदैन । यौन सम्पर्कको लागि भावनात्मक सम्बन्ध पक्कै पनि हुनुपर्छ ।

–केही मान्छे विश्वास गर्छन् कि दुई मान्छेको भावनात्मक सम्बन्ध जोडिएपछि यौन सम्बन्ध भनेको केवल औपचारिकता पूरा गर्नको लागि मात्रै हो ।

कतिपय प्रेमीप्रेमीका वा पतिपत्नीबीच सुखद् शारीरिक सम्बन्ध नहुँदा उनीहरूको सम्बन्धविच्छेदसम्मको अवस्था आएको देखिन्छ । त्यसैले प्रेम र यौनबीचको सम्बन्ध थाहा पाइराख्नु जरुरी छ

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:११:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology