चितवन, १२ फागुन । चितवनको भरतपुर महानगरमा पनि फेरि बर्डफ्लु देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर–८ मा रहेको महत्तो पोल्ट्री इन्डस्टिज प्रालिमा बर्डफ्लु देखिएको हो ।
बर्डफ्लु पुष्टीभएसगैँ यहाँको बसै कुखुराहरू नष्ट गरिएको उनले बताए । धेरै संख्यामा कुखुरा मर्न थालेपछि फार्म सञ्चालकले कुखुराको नमुना परीक्षण गराउँदा बर्डफ्लुको एचपाइभ एनवान संक्रमण देखिएको थियो। उक्त फार्ममा पाँच हजार एक सय चल्ला, ४ हजार कुखुरा र करिब १ सयको संख्यामा हाँस थिए ।
यसअघि गत २५ माघमा राप्ती नगरपालिका– ६ मा रहेको अनिता पशुपक्षी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो ।
बर्डफ्लु देखिएपछि उक्त फार्ममा दुई हजार कुखुरासहित फार्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गरिएको थियो । यसअघि गत साता मात्र पूर्वी चितवनको राप्ती नगरमा बर्डफ्लु देखा परेका थियो ।