Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने

तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने

इच्छाकामना न्युज

१५, फाल्गुण २०७८
तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने
images

महोत्तरी, १५ फागुन । बर्दिबास नगरपालिकाले नगरभित्रका सबै किसानहरूलाई उन्नत जातको भैँसी पालन गर्न प्राेत्साहन गर्ने भएकाे छ । 

images
images

दूध बढी उत्पादन गरी किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले नगरपालिकाले भारतको हरियानावाट मुरा जातको ११ वटा राँगा ल्याउने तयारी गरेकाे छ । 

नगरप्रमुख विदुर कार्कीका अनुसार न्युनतम दुईदेखि १० लाखसम्मका ११ वटा राँगा छानेर स्वस्थ परीक्षण गर्न पशुस्वास्थ्यलाई निर्देशन दिइसकेकाे छ । 

मुरा उन्नत जातको भैँसी हो । यो जातको भैसीले १७ लिटरसम्म दूध दिन सक्ने र कम मेहनतबाटै  प्रसस्त आम्दानी लिन सकिने नगरप्रमुख कार्कीको भनाइ छ ।

प्रत्येक वडामा एक ब्रिडिङ सेन्टर  स्थपना गरेर हरेमा राँगा राखिने नगरपालिकाको तयारी छ । 

कम उमेरमा नै प्रजनन् क्षमता भएकाले अबको तीन वर्षभित्र नगरभित्रका सबै किसानको गोठमा यो जातको भैँसी हुने नगरपालिकाको आशा छ । 

भारतकाे हरियानाका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँ राँगा तथा भैँसीको मूल्य समेत निक्कै महँगो छ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १९:३०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology