Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना,२५ जना घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना,२५ जना घाइते

images

इच्छाकामना न्युज

१, मंसिर २०८३
धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना,२५ जना घाइते
images

नवलपुर (नवलपरासी) पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान करिब ६ः४० बजेको समयमा बस दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरुका मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिनुभयो । बस दुर्घटनास्थलमा नै रहेको भन्दै उहाँले घाइतेहरुको विवरण आउन बाँकी रहेको बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - १०:२८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology