काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम थियो ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो । आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।