Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह

होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह

images

इच्छाकामना न्युज

३०, कार्तिक २०८३
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह
images

काठमाडौँ । संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्ग बाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ । मल आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा मूल्य बढेको र कृषि उत्पादन प्रभावित हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले दुवै देशलाई मल बोकेका जहाज आवागमनको अनुमति दिन आग्रह गरेका हुन् ।

शनिबार उनले मल आपूर्ति अवरुद्ध हुँदा विशेषगरी खाद्य संकटको जोखिममा रहेका कमजोर तथा विकासशील देशहरू बढी प्रभावित भएको बताए । फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता विश्व बजारमा रासायनिक मलको मूल्य करिब ३० प्रतिशतले बढेको उनको भनाइ छ ।
डा सिल्भाका अनुसार युद्धअघि विश्वभर आपूर्ति हुने कुल रासयनिक मलमध्ये करिब एकतिहाइ होर्मुज जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । उक्त मार्गमा अवरोध भएपछि अन्तर्राष्ट्रिय बजारमा मल आपूर्ति प्रभावित भएको छ । उनले खेतीपातीको मौसममा आवश्यक मल उपलब्ध हुन नसके विश्वभर थप ४ करोड ५० लाख मानिस गम्भीर खाद्य असुरक्षाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । त्यस्तै, ३ करोड मानिस गरिबीमा धकेलिन सक्ने उनको भनाइ छ ।

मल आपूर्ति सहज बनाउन होर्मुज जलमार्गबाट दैनिक कम्तीमा पाँचवटा मल बोकेका जहाजलाई आवागमनको अनुमति दिनुपर्ने उनले बताएका छन् । संयुक्त राष्ट्रसंघले यसअघि विकास गरेको संयन्त्रमार्फत मल ढुवानी पुनः सुरु गर्न सकिने र त्यसका लागि ७ देखि १० दिन पर्याप्त हुने डा सिल्भाले बताएका छन् । उनले मल आपूर्तिमा देखिएको अवरोध तत्काल हटाउन सके कृषि उत्पादनमा पर्ने असर न्यूनीकरण गर्न र सम्भावित विश्वव्यापी खाद्य संकट रोक्न सहयोग पुग्ने बताएका छन् । सीसीटीभी प्लस

 
 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८३ आइतवार - १०:३९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology