काठमाडौँ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रुपमा सजाइएको छ ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । यसैबीच, वीरगञ्जबाट रासस समाचारदाताले जनाएअनुसार पर्साका छठघाट पनि दुलहीझै सिँगारिएका छन् । यहाँका पोखरी, नदी, सरोवर र पौडी पोखरीसमेत झकिझकाउ पारिएको छ ।
घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष रुपमा सजावट गरेका घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले राससलाई जानकारी दिनुभयो । छठ व्यवस्थापनका लागि रु २६ लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।