Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सर्लाहीका नदी पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

सर्लाहीका नदी पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

images

इच्छाकामना न्युज

२९, कार्तिक २०८३
सर्लाहीका नदी पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा
images

विश्वनाथ ठाकुर,

सर्लाही । आस्थाको महापर्व छठ पूजालाई लक्षित गर्दै सर्लाहीका विभिन्न नदी, पोखरी तथा तलाउहरूमा छठ घाटहरूलाई आकर्षक ढंगले सजाइएको छ । पर्वको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा रहेका छठ घाटहरूको सरसफाइ, सजावट तथा व्यवस्थापन गरिएको छ।

छठ पर्वअन्तर्गत आज शनिबार व्रतालुहरूले खरना विधि गर्दैछन्। खरना सम्पन्न गरेपछि व्रतालुहरू छठको मुख्य पूजाको तयारीमा जुट्नेछन । भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिनेछ भने पर्सि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म मनाइने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा रहेको छ । छठ पर्वलाई व्यवस्थित, सुरक्षित र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय स्तरमा विभिन्न तयारीसमेत गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २९, २०८३ शनिवार - १५:०१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology