Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

आँबुखैरेनीको मार्किचोकमा स्कुटर दुर्घटना हुदाँ आँधीमूलका अमन भुजेलको मृत्यु

आँबुखैरेनीको मार्किचोकमा स्कुटर दुर्घटना हुदाँ आँधीमूलका अमन भुजेलको मृत्यु

images

इच्छाकामना न्युज

२८, कार्तिक २०८३
आँबुखैरेनीको मार्किचोकमा स्कुटर दुर्घटना हुदाँ आँधीमूलका अमन भुजेलको मृत्यु
images

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म.प्र.०३–४८ प ६३७६ नम्बरको स्कुटर अनियन्त्रित भइ डिभाइडरमा ठक्कर खाँदा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल बस्ने २४ वर्षीय अमन भुजेलको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २७ वर्षीय विजय भुजेल घाइते भएका छन् ।

दुर्घटनामा घाइते दुवैलाई आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचारपश्चात् चितवनस्थित चितवन मेडिकल कलेज पठाइएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८३ शुक्रवार - २०:१०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology