Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे, भारत र चीन तटस्थ

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे, भारत र चीन तटस्थ

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे, भारत र चीन तटस्थ
images

काठमाडाैं, १९ फागुन । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेकाे छ ।

images
images

रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएकाे मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भाेट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएकाे हाे ।

राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनकाे पक्षमा मतदान गरेकाे थियाे । परिषद्‍मा ४७ देश सदस्य छन् । 

यसअघि राष्ट्रसंघकाे सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्‍मा नेपाल छैन । सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन् ।

राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए ।  त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियाे ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०८:३९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology