Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रचारप्रसारको अभावमा पर्वतको सहस्रधारा झरना ओझेलमा 

प्रचारप्रसारको अभावमा पर्वतको सहस्रधारा झरना ओझेलमा 

इच्छाकामना न्युज

२०, फाल्गुण २०७८
प्रचारप्रसारको अभावमा पर्वतको सहस्रधारा झरना ओझेलमा 

रोशन तिवारी्, पर्वत, २० फागुन । प्रचारप्रसारको अभावमा पर्वतको सहस्रधारा झरना ओझेलमा परेको छ । पर्वतका विभिन्न धार्मीक तथा पर्यटकीय स्थल मध्ये चर्चित स्थानको रुपमा सहस्रधारा झरना पनि परिचित छ । झरना हेर्न र नजिकै रहेको दिव्यधाममा पूजा गर्न पर्यटकहरू आउने गरेका छन् । तर यसको प्रचार नहुँदा सम्भावना भएर पनि ओझेलमै रहेको जानकारहरू बताउँछन् ।

images

मुक्तिनाथ जाने तिर्थयात्री र वरिपरिका जिल्लाबाट मानिसहरू स्नान र दर्शनका लागि सहस्रधारा झरनाआउनेकुश्मा नगरपालिका १ का गोमा रिजालले बताउनुभयो । सहस्रधारामा १०८ धारा निर्माण गरिएको छ । भिरालो ठाउँमा भएका वर्षेनी बाढि पहिरोले यहाँको सिढी र धारोमा क्षती पुराउँदै आएको छ भने सत्तल र मन्दिर पनि जीर्ण हुँदै गएको छ ।

सहस्रधाराको प्रचारसँगै त्यहाँ सिढी निर्माण, सत्तल र बगैँचा निर्माण लगायतका काम गर्न थालेको सहस्रधारा दिब्यधाम व्य्रस्थापन समितिका अध्यक्ष कृष्णवहादुर केसीले बताउनुभयो । कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्यामा बस्ने र सहस्रधारामा नुहाउने जाने गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । त्यहि भएर सहस्रधारा क्षेत्रलाई शिव र पार्वतीको क्रिडास्थलको रुपमा चिनिन्छ ।

धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय पाकापुस्ताहरु बताउँछन् । मुक्तिनाथ जाने तिर्थयात्री र वरिपरिका जिल्लाबाट मानिसहरु स्नान र दर्शनका लागि आउने गरेका छन् । बन्जिजम्प, जीपलाईन, स्काई साइकिलिङ, स्काई स्विङ जस्ता साहसिक पर्यटनमा पर्वतको नाम कहलिन थालेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - ०८:५८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology