Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दोः अर्बौं रुपैयाँ बाहिरिँदै, मरिचदेखि चामलसम्म विदेशकै भर

कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दोः अर्बौं रुपैयाँ बाहिरिँदै, मरिचदेखि चामलसम्म विदेशकै भर

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दोः अर्बौं रुपैयाँ बाहिरिँदै, मरिचदेखि चामलसम्म विदेशकै भर

काठमाडौं, २२ फागुन । कृषिप्रधान देश नेपालको कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ । कृषिजन्य वस्तुको उत्पादन स्वदेशमा घटेपछि परनिर्भरता बढ्दै गएको हो । 

images

केही वर्ष अघिसम्म नेपालले निर्यात गर्ने गरेको कृषिजन्य वस्तुहरु अहिले ठूलो मात्रामा आयत गर्ने गरेको छ । जसका कारण अर्बैं रुपैयाँ नेपालबाट बाहिरिने गरेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालले २५ अर्बभन्दा बढीको कृषीजन्य वस्तु आयात गरेको छ । 
विभागको तथ्याङ्कले नेपाल मरिचदेखि चामलसम्म विदेशीमै भर परेको देखाएको छ । 

पछिल्लो सात महिनामा कच्चा भटमास तेल मात्र नेपालले ८ अर्ब ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँको आयात गरेको छ । सो मूल्यमा ५ करोड ३१ लाख २८ हजार ८८७ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

केही वर्ष अघिसम्म नेपालले धान र चामल निर्यात गर्दै आएको थियो । अहिले धान र चामल निर्यात होइन नेपालले अन्य देशबाट आयात गर्दै आएको छ । 

२०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले २ अर्ब ४५ करोड ६१ लाख २५ हजार रुपैयाँको चामल आयात गरेको छ । उक्त मूल्यमा ४ करोड ९८ लाख ३१ हजार ३९० केजी चामल नेपाल भित्रिएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा २ अर्ब ४० करोड १८ लाख ३३ हजार रुपैयाँमा १ करोड ८९ लाख ७८ हजार ८१४ लिटर कच्चा पाम तेल नेपालले खरिद गरेको छ । 

पछिल्लो सात महिनामा २ अर्ब ८९ लाख ३ हजार रुपैयाँमा ६ करोड ६ लाख ४० हजार ६८३ केजी मकै नेपालमा भित्रिएको छ । सोही अवधिमा १ अर्ब ४७ करोड ५७ लाख ६१ हजार रुपैयाँमा ८५ लाख ९७ हजार ९२८ लिटर कच्चा सनफ्लवार तेल नेपालले खरिद गरेको देखिन्छ । 

चालु आर्थिक वर्ष सुरु भएयता नेपालले सुकेको केराउ १ अर्ब १६ करोड ८८ लाख ६५ हजार रुपैयाँको खरिद गरेको थियो । सो मूल्यमा १ करोड ९० लाख ६८ हजार ६८० केजी नेपाल भित्रिएको छ । 

यस आर्थिक वर्ष नेपालले १ अर्ब १४ करोड ३५ लाख ६३ हजार रुपैयाँको ४ करोड १३ लाख २९ हजार ९८० केजी धान खरिद गरिसकेको विभागले जनाएको छ । 

बदाम र ओखर मात्र ९६ करोड ४७ लाख २५ हजार रुपैयाँको नेपालले आयात गरेको छ । सो मूल्यमा ४६ लाख ३८ हजार ८४५ केजी बदाम र ओखर नेपाल भित्रिएको छ । 

नेपालका उखु किसानले उखुको मुल्य नपाइरहेका बेला करोडौं रुपैयाँ चिनी खरिदमा विदेश गएको विभागको तथ्याङ्कले देखाउँछ । यस आर्थिक वर्ष ७९ करोड ५३ लाख ९४ हजार रुपैयाँको १ करोड ६२ लाख ५७ हजार ७०० केजी चिनी नेपालले खरिद गरिसकेको छ । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले ७५ करोड १५ लाख ३४ हजार रुपैयाँको ९१ करोड १६ लाख ५२८ केजी मटमास र ७१ करोड ३८ लाख ६३ हजार रुपैयाँको २ करोड ८० लाख ८३ हजार ७९७ केजी आलु आयात गरेको छ । 

सोही समयमा नेपालले ६८ करोड ८ लाख ५७ हजार रुपैयाँको ७८ लाख २६ हजार ३८७ केजी स्याउ र ५१ करोड २ लाख १ हजार रुपैयाँको १ करोड ७० लाख ९२ हजार ८२१ केजी गहुँ समेत खरिद गरेको छ । 

विभागको तथ्याङ्क अनुसार ४१ करोड ७८ लाख ९० हजार रुपैयाँको आँप तथा अम्बा, ३६ करोड ३२ लाख १६ हजार रुपैयाँको मरिच, ३२ करोड ५७ लाख ३ हजार रुपैयाँको प्याज, ३१ करोड १७ लाख ५ हजार रुपैयाँको चना, २८ करोड ४९ लाख ६ हजार रुपैयाँको दलहन, २१ करोड २२ लाख ९३ हजार रुपैयाँको केरा गत साउनयता नेपाल भित्रिएको छ ।  

यस्तै, सोही अवधिमा १४ करोड ४७ लाख ८५ हजार रुपैयाँको अनार, १४ करोड २ लाख ४७ हजार रुपैयाँको तोरी, १० करोड ५० लाख २० हजार रुपैयाँको फ्रोजन आलु, ५ करोड ९१ लाख १९ हजार रुपैयाँको लसुन, ४ करोड ६३ लाख २५ हजार रुपैयाँको सुकमेल, २ करोड २३ लाख ९ हजार रुपैयाँको गोलभेडा नेपालले आयात गरेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १८:०८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology