Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पूर्वमन्त्री शंकर भण्डारीलाई मातृशोक

पूर्वमन्त्री शंकर भण्डारीलाई मातृशोक

इच्छाकामना न्युज

१७, भाद्र २०७९
पूर्वमन्त्री शंकर भण्डारीलाई मातृशोक
images

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्ववनमन्त्री शंकर भण्डारीलाई मातृशोक परेको छ । भण्डारीका आमा दयन्तीकुमारी भण्डारीको ९६ वर्षको उमेरमा काठमाडौ स्थित घरमै शुक्रबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

images
images

ग्राण्डी अस्पतालमा लामो समयको उपचारपछि भण्डारी घरमै आराम गरिरहेकी थिइन् । स्वर्गीय भण्डारीका चार छोरा र एक छोरी छन् । उनको पार्थीव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पार्टीको कामको सिलसिलामा गृहजिल्ला तनहुँमा रहेका पूर्वमन्त्री भण्डारी आजै काठमाडौ गएका थिए ।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - २२:४८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology