देवघाट । देवघाट गाउँपालिका आ.व.०७९/०८० को नीति, कार्यक्रम तथा बजेट पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । आज देवघाट गाउँपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रम उक्त कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले पुस्तक सार्वजनिकीकरण गरिएको हो । अध्यक्ष थापाले आफु निर्वाचित पश्चातको पहिलो नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण गरिएको हो ।
थापाले सोही कार्यक्रममा अब कर्मचारीहरूको काधमा भारी जिम्मेवारी थपिएको छ यसलाई सफल पार्नु र असफल पार्नु दुवैमा कर्मचारीहरू ठुलो हात हुने बताउदैँ सम्पूर्ण शाखा प्रमुखहरू र कर्मचारीहरूले आजैदेखि आफ्नो जिम्मेवारीलाई अनुशासित पुर्वक कार्यलाई आगाडि बढाउन अनुरोध गरे । उनले जनप्रतिनिधि र कर्मचारी भनेको ूएक सिक्काको दुई पाटा होू एक अर्कामा मिलेर अघि नबढे सम्म केहि विकास हुदैँन भन्दै देवघाटलाई हराभरा गर्न आजैदेखि लागेर अघि बढ्न आग्रह गरे । विगतका योजनाहरू कसरी विनियोजित भए कसरी कार्यान्वयन भयो त्यसले केही फरक पर्दैन तर अब भने हामी फरक तरिकाले योजनाहरू विनियोजित गर्दै कार्यान्वयन गरेर अगाडि बढ्ने भने । र कर्मचारीहरूलाई समृद्ध देवघाट बनाउन मिलेर अघि बढ्न अनुरोध गरे ।
कार्यक्रमका बिशिस्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले गाउँपालिकाले तयार गरिएको नीति तथा वार्षिक कार्यक्रमलाई सफल पार्नुमा कर्मचारीलाई पुर्ण रूपमा सहयोग गर्नु हुनेछ भन्ने बिश्वास राखेको बताए । कर्मचारी र जनप्रतिनिधि नङ्ग र मासुको जस्तै सम्बन्ध राम्रो काममा मात्रै हुन्छ नराम्रो काममा कसैलाई छुट हुदैन भन्दै सकारात्मक तरिकाले ०७९र०८० को नीति तथा कार्यक्रमलाई सफल पार्न सम्पूर्ण कर्मचारीहरूलाई अनुरोध गरे । विकासका क्रममा अब तत्कालै देवघाट गाउँपालिका भरिमा कुन ठाउँमा बढि आवश्यक छ सोहि स्थानबाट कार्यको थालनि गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी ,अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवम् देवघाट ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,३ नम्बर वडा अध्यक्ष टेक बहादुर आले,२ नम्बर वडा अध्यक्ष मीन बहादुर राना,१ नम्बर वडा अध्यक्ष मनिराज गुरुङ,नेपाली काङ्ग्रेस देवघाटका उप(सभापति पुरोषोत्तम शर्मा पण्डित,नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने,नेकपा माओवादी केन्द्र देवघाटका उपाध्यक्ष जयकृष्ण सुवेदी,कार्यपालिका सदस्य यममाया गुरुङ,बाबुराम परियार,बालकुमारी परियार,हूममाया खान,मनमाया बि।क।,गंगा सिं बि।क। वडा सदस्यहरु,देवघाट गाउँपालिका शाखा प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थित रहेको थियोे भने देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।