Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना केवलकार

मर्मतका लागि महिनादिन भन्दा बढि बन्द भएको मनकामना केवलकार आजदेखि नियमित संचालनमा

मर्मतका लागि महिनादिन भन्दा बढि बन्द भएको मनकामना केवलकार आजदेखि नियमित संचालनमा

इच्छाकामना न्युज

२५, भाद्र २०७९
मर्मतका लागि महिनादिन भन्दा बढि बन्द भएको मनकामना केवलकार आजदेखि नियमित संचालनमा

कुरिनटार । मनकामना केबलकार आजदेखी सञ्चालनमा आएको छ । मर्मतको काम सातादिन अगाडी नै सम्पन्न भएपछि शनिबारदेखी केबलकार सञ्चालनमा ल्याईएको हो ।

images

६ साताको लागि भनेर बन्द गरिएको केबलकारको काम १ साता बाँकी रहदैमा मर्मतको काम सम्पन्न भएकोले चाढै नै सञ्चालनमा ल्याईएको सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठले बताउनुभयो। ‘हामीले सूचना नै जारी गरेर ६ साताको लागि बन्द गरेका थियौ’ भन्दै सञ्चालक श्रेष्ठले भने ‘मर्मतको काम चाडै नै सम्पन्न भएकोले आजैदेखी सञ्चालनमा ल्याइएको हो ।’

केबलकार एनालग प्रविधिमा सञ्चालनमा रहेको र डिजिटल प्रणालीमा लान दोस्रो चरणको मर्मतको लागि बन्द गरिएको नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । ‘अष्ट्रेलियाबाट आएका प्राविधिकहरुले ६ साताको काम ५ सातामा नै सम्पन्न गरेको’ भन्दै महाप्रबन्धक शेरचनले भन्नुुभयो ‘भक्तजनको चाहना पनि चाढो मर्मत गरेर सञ्चालनमा ल्यावस भन्ने भएकाले आजैदेखी सञ्चालन गरिएको हो ।’

नियमित सेडुल अनुसार असोज १ गते मात्र केबलकार सञ्चालनमा आउने थियो । केबलकार साउन २३ गतेदेखि बन्द गरेर स्वदेशी तथा विदेशी प्राविधिकहरुले काम गरेका थिए ।

केबलकारले दोस्रो चरणको मर्मतमा केबललाई घुमाउन प्रयोग भएको मुख्य बेरिङ फेर्ने काम सकेको छ भने कारका सबै ग्रिप फेर्ने र टावर नम्बर २, ३, ५ र ६ नम्बरको टावरको ओभरहल सर्भिसिङको काम पनि सकेको छ । त्यस्तै गरी कारका सबै ह्याङगरहरु चेकजाँच काम पनि सम्पन्न भएकोले केबलकार प्रशासनले जनाएको छ ।

सञ्चालनको २ दशक पार गरेको केबुलकारले मुख्य उत्पादक कम्पनीले विश्व बजारमा एनालग प्रविधि हटाउदै डिजिटल प्रविधि ल्याएकोले सोही अनुसार मनकामना केबुलकारलाई पनि परिवर्तन गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

केबलकार सञ्चालन भए लगत्तै भत्तजनहरुको लाम लागेको छ ।

०५५ सालमा मंसिर ८ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको केबुलकारले यो अवधीमा १ करोड ६४ लाख तिर्थ यात्रीले केबुलकार प्रयोग गरेको नायब महाप्रबन्धक शेरचनले जानकारी दिनुभयो ।

केबलकार डिजिटल प्राविधिमा जान यो दोस्रो चरणको मर्मत कार्य सम्पन्न भएको हो । अब अन्तिम चरण काम बाँकी भएकोले सन २०२३ भित्रै मनकामना केबलकार डिजिटल प्रविधीमा सञ्चालनमा आउने छ ।

 

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - २१:४६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology