Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

निर्वाचन आयोग

आँबुखैरेनी र देवघाटका बहालवाला अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश उम्मेद्वारलाई निर्वाचन आयोगले तोक्यो जरिवाना 

आँबुखैरेनी र देवघाटका बहालवाला अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश उम्मेद्वारलाई निर्वाचन आयोगले तोक्यो जरिवाना 

इच्छाकामना न्युज

५, आश्विन २०७९
आँबुखैरेनी र देवघाटका बहालवाला अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश उम्मेद्वारलाई निर्वाचन आयोगले तोक्यो जरिवाना 
images

तनहुँ । तात्कालिन स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार रहेका अधिकांशलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । उनीहरुलाई समयमा खर्च विवरण पेश नगरेकोले स्पष्टीकरण सोधिएको तर पेश गरिएको स्पष्टिकरणको व्यहोरा जित्त बुझ्दो नदेखिएको र कतिपयले अविधि भित्र स्पष्टीकरण पेश नगरेको, कतिपयले ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा जरिवाना तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

images
images

आयोगले दिएको सूची अनुसार हरेक उम्मेद्वारलाई जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । जरिवाना तोकिएका उम्मेद्वारहरुमा आँबुखैरेनी गाउँपालिकामा निर्वाचित बहालवाला अध्यक्ष शुक्र चुमान, नेपाली काँग्रेसका गिर बहादुर थापा, नेकपा एमालेका ऋषी के.सी. राप्रपाका रेजिना श्रेष्ठ र विवेकशील साझा पार्टीका उत्सव अधिकारी रहेका छन् भने निर्वाचित वहालवाला उपाध्यक्ष दुर्गा अर्याल, काँग्रेसका पवित्रा गौली, एमालेका मीना अधिकारी, राप्रपाका इम बहादुर केसी, नेकपा एसका श्रेष्ठ र स्वतन्त्रका चिजा श्रेष्ठ रहेका छन्।


यसैगरी निर्वाचन आयोगले जरिवाना तोकिएका उम्मेद्वारहरुमा देवघाट गाउँपालिकामा निर्वाचित बहालवाला अध्यक्ष तिल बहादुर थापा, एमालेका दुर्ग बहादुर थापा, राप्रपाका कृष्णप्रसाद आचार्य, नेकपा एसका संजय पौडेल, स्वतन्त्रका छविजंग वंशी ठकुरी र भिम बहादुर राना रहेका छन् भने निर्वाचित बहालवाला उपाध्यक्ष भुवनसिंह गुरुङ, एमालेका सावित्री न्यौपाने नेपाली काँग्रेसका राधादेवी खनाल, राप्रपाका गंगामाया गुरुङ, नेकपा एसका चिजकुमारी परियार र स्वतन्त्रका किरण सुवेदी रहेका छन्।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०९:०१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology