Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

विद्यालय जाने उमेर समूहका किशोरीहरु निरन्तर सिकाईबाट वञ्चितहुने अवस्था 

विद्यालय जाने उमेर समूहका किशोरीहरु निरन्तर सिकाईबाट वञ्चितहुने अवस्था 

सिआईएन

१३, पौष २०७७
विद्यालय जाने उमेर समूहका किशोरीहरु निरन्तर सिकाईबाट वञ्चितहुने अवस्था 
images

कमल रावल, अछाम, १३ पुस । सुदुरपश्चिमका जिल्लाहरुमा विद्यालय जाने उमेर समूहका किशोरीहरु निरन्तर सिकाईबाट वञ्चित हुने अवस्था छ । छोरालाई मात्रै पढाउनु पर्छ भन्ने अभिभावकको गलत मानसिकता र घरको कामले विद्यालय समय बाहेक पढ्न नपाउने अवस्थाका कारण किशोरीको शिक्षामा असर पुगेको छ । 
कामकै बोझले कतिपय किशोरी ढिलो विद्यालय पुग्ने र समयमै गृहकार्य गर्न नपाउने अवस्थामा छन् । मङ्गलसेन नगरपालिका वडा नम्बर १३ का देविका थापा, शिशु सुधार माध्यामिक विद्यालयको कक्षा १० मा पढ्नुहुन्छ । तर उहाँलाई समयमा विद्यालय पुग्न मुस्किल पर्छ । 
घरमा खाना पकाउने, पानी ल्याउने, घाँस दाउरा काट्ने कामले पढाई प्रभावित भएको उहाँ बताउनुहुन्छ । गङ्गा माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत धिर्जा भण्डारीको समस्यापनि उस्तै छ । घरधन्दाकै कामले विद्यालयको गृहकार्य गर्न नपाउने अवस्था छ भने, ढिलो पुग्दा पढाई नै प्रभावितहुने गरेको छ । अभिभावकको विभेदका कारण छोरालाई पढ्ने वातावरण मिले पनि छोरी काममा खटिनु पर्ने बाध्यता छ । समाजको यस्तो मानसिकता परिवर्तन गर्न आवश्यक रहेको एकजना अभिभावक मीन प्रसाद भण्डारी बताउनुहुन्छ । 
शिक्षाविकास तथा समन्वय ईकाईको तथ्याङ्क अनसार अछाममा आधारभुत र माध्यामिक गरि ५ सय २ वटा विद्यालय छन् र सबै विद्यालयमा छात्राको सङ्ख्या बढि छ । तर ठुलो कक्षामा पुगेपछि विद्यालय छोड्ने प्रवृतिमा पनि छात्राहरुमै बढि छ । छोरा र छोरीमा हुने विभेदका कारण निरन्तर सिकाई प्रभावित बनेकाले यस्तो समस्या आएको नन्दा माध्यामिक विद्यालयका कालिका प्रधानाध्यापक सुरत बहादुर रावलको भनाई छ । 
हरेक बालिका तथा किशोरिलाई गुणस्तरीय शिक्षा पाउने अधिकार छ, घरका अभिभावकले पारिवारिक, सामाजिक, तथा आर्थिक समस्या देखाउँदै छोरीको पढाईमा बाधा पु¥याउनु सामाजिक अपराध हो । 

images
images

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १९:३३:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology