गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा जमरा राखिएको छ । ‘बिभिन्न ठाउँमा करिब तीन पाथी जौ को जमरा राखेका छौँ’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने ।
गोरखामा रहेको प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा सोमबार जमरा राखिएको छ । पहिल्यैदेखि मनकामनामा पुजारीले आफैँ शुभ साईत निकालेर जमरा राख्ने गर्छन । ‘विधी पुरा गरेर हामीले बिहानै जमरा राख्यौँ’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने । त्यसरी राखिएको जमरा प्रसादको रुपमा बिजयादशमीमा लगाईनेछ ।
यस्तै गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा पनि घटस्थापनाको साईत पारेर १० बजेर २३ मिनेटमा जमरा राखिएको छ । ‘बिभिन्न ठाउँमा करिब तीन पाथी जौ को जमरा राखेका छौँ’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने ।
गोरखा दरबारमा पनि धार्मिक वीधिपूर्वध बिहान सवेरै कालिकाको माथिल्लो कोठाबाट मुल पुजा कोठामा भगवतीलाई सारिएको थियो । कालिका भगवतीको मन्दिर, गोरखनाथ गुफा, उपल्लोकोट, तल्लोकोटमा जमरा फरक फरक ठाउँमा जमरा राखिएको छ ।
‘यसरी राखिएको जमरा फुलपाती भित्र्याउन हनुमान ढोका लैजाँदा होस् वा यहाँको पुजाआजा होस्, सबैमा प्रयोग हुन्छ ।’ घटस्थापनाको दिनदेखि गोरखा दरबारमा पुजाआजा सुरु भएको छ । हरेक दिन बली दिईन्छ । ‘घटस्थापनाको दिन गोरखकाली र गोरखनाथमा बलि दिईन्छ’ अड्डा प्रमुख भुषालले भने ।
गोरखकाली मन्दिरमा बली सहितको पुजाआज गर्ने भक्तजन दशैँको अवसरमा धेरै हुने गर्छन । अष्टमीको दिन भक्तजनको झनै भिड लाग्छ ।
दरबार हेरचाह अड्डाले पञ्चमी सम्मको बली ब्यवस्थापन गरेको हुन्छ । फुलपाती सम्म बोकाको बली दिईन्छ भने अन्य समयमा विधी अनुसार बोका, सुँगुर र राँगोको बली पनि चढाईन्छ । ‘बलीको प्रकृती फेरिएको छैन, संख्या मात्रै केही कम भएको हो’ अड्डा प्रमुख भुषालले भने ।