Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना गाउँपालिकामा २३ जना शिक्षकको पुल दरवन्दी थपियो

इच्छाकामना गाउँपालिकामा २३ जना शिक्षकको पुल दरवन्दी थपियो

इच्छाकामना न्युज

१४, पौष २०७७
इच्छाकामना गाउँपालिकामा २३ जना शिक्षकको पुल दरवन्दी थपियो

कुरिनटार, १४ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा २३ जना शिक्षकको पुल दरबन्दी थप भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकाश तथा समन्वय इकाई चितवन मार्फत इच्छाकामना गाउँपालिकामा २३ जना शिक्षकको पुल दरबन्दी थप भएको हो। 
शिक्षक दरबन्दी थप भएको सम्बन्धमा इकाई प्रमुख भूमिलाल शर्मा सुवेदीले आज गाउँपालिका कार्यालयमा नै उपस्थित भै गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी शर्मालाई पत्र हस्तान्तरण गर्नुभएको छ। 
पत्र हस्तान्तरण गर्दै प्रमुख शर्माले इच्छाकामना गाउँपालिकाका लागि इकाई मार्फत २० जना दरबन्दी र ३ जना राहत अनुदान कोटा गरि २३ जना शिक्षकको पुल दरबन्दी थप गरेको बताउनुभयो। यस्तै उहाँले इकाईले उपलब्ध गराएको दरबन्दीमा आवश्यक विद्यालयमा राम्रो शिक्षक नियुक्त गरि इच्छाकामनाको शिक्षा विकासमा गुणस्तरता थपियोस् भन्ने अपेक्षा लिएको पनि बताउनुभयो। 
यो सँगै थपिएको पुल दरबन्दी सहित इच्छाकामना गाउँपालिकामा १ सय ६० दरबन्दी र ४३ राहत अनुदान कोटा शिक्षक गरि २ सय ३ दरबन्दी कायम भएको छ। 
शिक्षक दरबन्दी थपिएको सम्बन्धि पत्र लिदै इच्छाकामना गाउँपालिकाको तर्फबाट अध्यक्ष गीता कमारी गुरुङले इकाईका प्रतिनिधीहरुलाई धन्यवाद दिनुभयो। साथै आगामी दिनमा पनि इच्छाकामनाको शिक्षा विकासका निम्ति इकाईको सहयोगको अपेक्षा रहिरहने उहाँले बताउनुभयो।
पत्र हस्तान्तरणका लागि इकाईका प्रतिनिधीका साथै राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष दान बहादुर गुरुङ, नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष खुमप्रसाद पन्थको समेत उपस्थिती रहेको थियो।

images

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १७:२०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology