Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शुक्रबारदेखि जुम मार्फत चार दिन दोस्रो अन्तर्राष्ट्रिय तमू संवाद श्रृंखला आयोजना हुने

शुक्रबारदेखि जुम मार्फत चार दिन दोस्रो अन्तर्राष्ट्रिय तमू संवाद श्रृंखला आयोजना हुने

इच्छाकामना न्युज

१७, आश्विन २०७७
शुक्रबारदेखि जुम मार्फत चार दिन दोस्रो अन्तर्राष्ट्रिय तमू संवाद श्रृंखला आयोजना हुने

काठमाडौं, १७ असोज
शुक्रबारबाट दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) संवाद श्रृंखला आयोजना हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यस पटकको संवाद श्रृंखला भर्चुअल (जुममार्फत) गर्न लागिएको हो। कार्यक्रमबारे जानकारी दिन शनिबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो।
शुक्रबारबाट चार दिनसम्म (९ देखि १२ अक्टोबर सम्म) चल्ने संवाद श्रृंखलामा विविन्न विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने छन्। साझ पाँच बजे पहिलो र सात बजेबाट दोस्रो सेसन सुरु हुने छ । 
अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद्को आयोजनामा गत वर्ष काठमाडौंमा पहिलो तमू संवाद आयोजना गरिएको थियो। देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायविच निरन्तर संवाद र ज्ञान सीप बाड्ने उदेश्यले तमू संवाद श्रृंखलाको आयोजना गर्न लागिएको गुरुङ समुदायको छाता संस्था तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले बताए।
‘हामीले यो श्रृंखलाको आयोजना गर्न सुरु गरेको दोस्रो वर्ष मात्रै भएको छ। आगामी वर्ष पनि यो कार्यक्रम निरन्तर आयोजना हुने छ’, अध्यक्ष गुरुङले भने, ‘आगामी वर्ष अरु देशमा पनि यो कार्यक्रमको आयोजना गरिने छ।’
उनका अनुसार यो संवाद श्रृंखलामा विभिन्न ३५ देशबाट गुरुङ व्यक्तीत्वहरु सहभागी हुने छन्। त्यसमध्ये धेरैले कार्यक्रम सञ्चालनमै भाग लिने छन् । संवादको प्रत्येक दिन फरक विषयमा दुई सेसन सञ्चालन हुने छन्। पहिलो दिनको पहिलो सेसनमा ‘ङै नासा ट्हो’ अर्थात मेरो गाउँघर भन्ने शिर्षकमा छलफल हुने छ। यो शिर्षकमा १८ जना वक्ताले आफ्नो प्रस्तुती दिने छन्।
पहिलो दिनको दोस्रो सेसनमा तमू भाषा र साहित्य शिर्षकमा छलफल हुने छ। यो शिर्षकमा भाषाविद् रत्नबहादुर गुरुङको प्रस्तुती रहने छ। यसमा सिक्किम भारतबाट मेघराज गुरुङले टिप्पणी गर्ने छन्। 
शनिबार हुने दोस्रो दिनको पहिलो सेसनमा तमू (गुरुङ)हरुको सफलताको यात्राबारे छफफल हुने छ। यो शिर्षकमा अमेरिकाबाट डा. टोपराज गुरुङ, भारतबाट गोपाल गुरुङ र नेपालबाट लालकुमारी गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन्।
दोस्रो दिनको दोस्रो सेसनमा तमू चलचित्रबारे गुरुङ चलचित्र संघ, नेपालका अध्यक्ष भोजबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन्। त्यसमा नविन सुब्बाको टिप्पणी रहने छ। 
तेस्रो दिनको पहिलो सेसनमा विदेशी विद्वानहरुले गुरुङ समूदायको बारेमा आफ्नो धारणा व्यक्त गर्ने छन्। यसमा जापानबाट नानको योशिमोतो, बेलायतबाट साइमान स्ट्रिकल्यान्ड र आलन माकफार्लनले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन्। 
दोस्रो सेसनमा गुरुङ समुदायको परम्परागत ज्ञान र सिपको बारेमा छलफल हुने छ। यो शिर्षकमा मानवशास्त्री पोलबहादुर गुरुङ र लिलबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन्।
अन्तिम दिनको पहिलो सेसनमा तमू उद्यमी÷व्यवसायी शिर्षकमा छलफल हुने छ। यो शिर्षकमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, जापानबाट ओम गुरुङ र गण्डकी ट्राउटका लक्षिन गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन्। 
त्यसपछिको अन्तिम सेसनमा औपचारिक कार्यक्रमको आयोजना भएपछि दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्बाद सम्पन्न हुने छ।

images

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १९:४९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology