Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज तमु ल्होसारः देश विदेशका गुरुङ समुदायले घर घरमा मनाउदै

आज तमु ल्होसारः देश विदेशका गुरुङ समुदायले घर घरमा मनाउदै

तमु ह्युल छोज धींले प्रधानमन्त्री ओली सहित प्रमुख दलका शीर्ष नेताहरु जुम प्रविधि मार्फत उपस्थित गराई शुभकामना आदानप्रदान गर्ने

इच्छाकामना न्युज

१५, पौष २०७७
आज तमु ल्होसारः देश विदेशका गुरुङ समुदायले घर घरमा मनाउदै

काठमाडौ‌, १५ पुस । आज पुस महिनाको १५ गते तमु (गुरुङ) समुदायको साँस्कृतिक चाड तमु ल्होसार । गुरुङ समुदायको परम्परागत साँस्कृतिक मान्यता अनुसार यस पटकको तमु ल्होसार मुसा बर्गलाई विदाई गर्दै गाई बर्गलाई स्वागत गरी मनाईंदैछ ।

images

तमु ल्होसार विभिन्न १२ वटा जीवजन्तुमा आधारित बर्गमा आधारित हुन्छ । जसमा गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, मृग र मुसा रहेका छन । हरेक बर्षको षौष १५ मा एउटा वर्ग जाने र अर्को वर्ग आउने चक्र निरन्तर चलिरहन्छ । गुरुङ समुदायमा बर्गलाई बर्षको रुपमा मानिन्छ र त्यही बमोजिम गणना पनि गरिन्छ । जसअनुसार पौष १५ गते तमु समुदायले मनाउने तमु ल्होसार पर्वमा बर्ग फेरिने भएकाले आजको दिनलाई नयाँ बर्षको रुपमा पनि लिइन्छ ।

गुरुङ समुदायका पुरोहितहरु, बोन्पो लम, प्हच्यु, क्ल्हेप्रीले पौष १४ गते मध्यरात १२ बजे दोखदोखालो मन्साउनेदेखि लिएर ग्रह शान्तिलगायतका धार्मिक अनुष्ठान गरी पुरानो बर्गलाई विदाई गरी नयाँ बर्गको स्वागत गर्ने परम्परा छ । कतिपय स्थानमा पौष १४ गते मध्यरातमा पुजा गरिए पनि पौष १५ गतेको विहानीको झुल्के घामसंगै नयाँ बर्ग वा नयाँ बर्ष प्रारम्भ हुने मान्यता पनि रहेको छ ।

देश तथा विदेशमा रहेका सम्पूर्ण तमुहरुले तमु ल्होसार आ–आफ्नै मान्यता, शैली र अवस्था अनुसार मनाउँदै आएको पाइन्छ । यस बर्ष कोरोना महामारीका कारण गत बर्षको जस्तो रौनक नभए पनि घर घरमै ल्होसार मनाउन तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदले आह्वान गरेको छ ।

काठमाडौंमा रहेको तमूहरुले अघिल्ला बर्षहरुमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेको भएपनि यस बर्ष कोरोना संक्रमण जोखिमका कारण घरघरमै चाड मनाउन परिषदले आग्रह गरेको हो ।

यस पटक परिषदले भर्चुअल रुपमा मात्रै तमु ल्होसारको औपचारिक कार्यक्रम गर्ने तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जानकारी दिए । उनले भने, “यस पटक परिषदको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराएका छौं । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ ।” उनका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएका छन् ।

परिषद्ले ल्होसारको मुख्य दिन आज अनलाइनको माध्यमबाट कार्यक्रम गर्दैछ । आजको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमै शुभकामना दिने छन् । त्यसैगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष १५, २०७७ बुधवार - ०७:३९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology