धादिङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला क्षेत्र नं. २ प्रदेश ‘ख’ का सत्ता गठबन्धनका उम्मेदवार शालिकराम जमरकट्टेलले संविधानको रक्षा र कार्यान्वयनको लागि सत्ता गठबन्धन बनेको र यस गठबन्धनका उम्मेदवारहरुले हार्न नहुने बताएका छन् ।
नेकपा माओवादी बेनीघाट रोराङ गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रशिक्षण मुलक भनाई राख्दै प्रत्यक्ष तर्फका उम्मेदवार बनेका कांग्रेस माओवादी र एकीकृत समाजवादीका उम्मेदवार कुनै एकदलको उम्मेदवार नभई सत्ता गठबन्धनका उम्मेदवार भएको बताउँदै हरेकका कार्यकर्ताले प्रत्यक्ष तर्फ सत्ता गठबन्धनका उम्मेदवारलाई भोट माग्नु पर्ने र समानुपातिक तर्फ आफ्नो पार्टीलाई भोटको लागि अपिल गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
प्रतिगामीहरु संविधानका भक्षकहरु चिल्ला भ्रामक कुरा लिएर गाउँ पसेको बताउँदै आफुले गरेका राम्रा काम र अब गर्ने कामको बारे जनतालाई बुझाउन समेत नेता जमकट्टेलले कार्यकर्ताहरुलाई आव्हान गरेका थिए ।
अगुवा कार्यकर्ता प्रशिक्षणमा माओवादी धादिङका सचिव दिपक लामिछाने (सुवोध), २ क्षेत्रका इन्चार्ज एवम् गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), क्षेत्रिय संयोजक राजन रेग्मी (निशान), विर्वाचन प्रचार प्रसार समितिका क्षेत्रिय संयोजक चन्द्रबहादुर सिलवाल (मिलन) समानुपातिक उम्मेदवार संगिता कडेल (दिपा) लगायतले प्रशिक्षण मुलक भनाई राखेका थिए ।