Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धर्मसंस्कृति

पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै

पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै

सिआईएन

८, कार्तिक २०७९
पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै

अविनाश आचार्य, काठमाडौँ । केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो ।

images

नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा रहेका व्यवसायीहरू पनि निराश हुँदै गएका छन् ।

२७ वर्षअघिबाट मादल बिक्री गर्दै आउनुभएका काठमाडाँैका व्यवसायी उमा कुुलुले मौलिक हिसाबले देउसी, भैलो खेल्ने क्रम कम भएसँगै मादलको बिक्री हुनै छाडेको बताउनुभयो ।

पछिल्लो पाँच वर्षयता ब्यापार लगातार घट्दो क्रममा रहेको कुलुको भनाइ छ । पछिल्लो पुस्ताले मौलिक गितसँगै मादललगायत मौलिक बाजालाई बिर्सदै गएको छ । संस्कृतिको पुस्तान्तरण हुन नसक्नु नै ब्यवसायीका लागि चिन्ताको विषय बनेको छ ।

मादलको ब्यापार घट्नुमात्र देशका लागि उत्ति धेरै चिन्ताको विषय नभए पनि यसले मादल र मादलसँग जोडिएको नेपाली लोक संस्कृतीबारे चिन्ता थपेको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - १०:४५:०३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology