Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोनाका कारण बन्द रहेका विद्यालय खुला गर्ने सरकारको निर्णय

कोरोनाका कारण बन्द रहेका विद्यालय खुला गर्ने सरकारको निर्णय

इच्छाकामना न्युज

२०, पौष २०७७
कोरोनाका कारण बन्द रहेका विद्यालय खुला गर्ने सरकारको निर्णय

काठमाण्डौं, २० पौष । 
कोरोना भाइरसका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । हिजो बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति सीसीएमसी निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । 
बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिनुभयो ।  
यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । नयाँ प्रकारको कोरोना भाइरस देखिएका मुलुकबाट आउने यात्रुलाइ १० दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।  

images

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - ०९:५२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology