Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

केवाएसी नभर्नेको खाता रोक्का गर्न राष्ट्र बैंकको परिपत्र

केवाएसी नभर्नेको खाता रोक्का गर्न राष्ट्र बैंकको परिपत्र

इच्छाकामना न्युज

२०, मंसिर २०७९
केवाएसी नभर्नेको खाता रोक्का गर्न राष्ट्र बैंकको  परिपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ ।

images

एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले प्रचलित कानूनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने जनाएको छ ।

त्यस्तो अवस्थामा आवश्यक ठानेमा बैंक तथा वित्तीय संस्थाले शंकास्पद कारोबार गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेस गर्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०८:४०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology