Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँका साहित्यकार अनिल श्रेष्ठ इच्छाकामना न्युज सम्मानबाट सम्मानित

तनहुँका साहित्यकार अनिल श्रेष्ठ इच्छाकामना न्युज सम्मानबाट सम्मानित

इच्छाकामना न्युज

२५, मंसिर २०७९
तनहुँका साहित्यकार अनिल श्रेष्ठ इच्छाकामना न्युज सम्मानबाट सम्मानित

कुरिनटार । आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनी तनहुँका अध्यक्ष साहित्यकार कवि अनिल श्रेष्ठ सम्मानित भएका छन् । इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा.लि. चितवनद्वारा संचालित इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिकाको पाँचौ वाषिकोत्सवको अवसरमा शनिबार ‘इच्छाकामना न्युज सम्मान–२०७९’ बाट साहित्यकार श्रेष्ठ सम्मानित भएका हुन्।

images

उनलाई कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद सिलवालले दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो । उक्त कार्यक्रममा श्रेष्ठसँगै ६ जनालाई पनि सम्मान गरिएको थियो।

इच्छाकामना न्युज डटकम चितवनको इच्छाकामना गाउँपालिका र आसपासका जिल्लाका पालिकाहरुको गतिविधीसहित समाचारहरुलाई प्राथमिकताका साथ प्रकाशन प्रशारण गर्दै इच्छाकामनाको पहिलो डिजिटल अनलाईन पत्रिका हो ।

 

images
प्रकाशित मिति :मंसिर २५, २०७९ आइतवार - १०:५६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology